आइपिएल : सन्दीप लामिछाने आवद्ध टोली दिल्लीद्वारा मुम्बईमाथि सहज जित

सोमबार, ११ चैत्र २०७५

चैत्र ११ काठमाडौं–गत सिजनमा राम्रो प्रदर्शन देखाउन नसकेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापीटल्सले यो सिजनको पहिलो खेलमा मूम्बई इन्डियन्सलाई पराजित गर्दै सुखद् सुरुआत गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार राति भएको खेलमा मूम्बईलाई ३७ रनले पराजित गर्दै दिल्लीले यो सिजनको राम्रो सुरुआत गरेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको दिल्लीका लागि आक्रामक ब्याटिङ गरेका युवा ब्याट्सम्यान रिशभ पन्तले २७ बलमा ७८ रन बनाएपछि मूम्बईले २सय १४ रनको लक्ष्य पाएको थियो ।

दिल्लीले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको मूम्बई १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १सय ७६ रनमात्रै बनाउन सकेको थियो । यस्तै मूम्बईका लागि युवराज सिंहले अर्धशतक बनाएपनि टिमको जीतका लागि प्रयाप्त हुन सकेन ।

मूम्बईका लागि अन्य ब्याट्सम्यानहरु कुर्नल पाण्ड्याले ३२ रन क्योन्टन डि ककले २७ रन, किरोन पालार्डले २१ रन बनाएका थिए ।

त्यस्तै, मूम्बईविरुद्ध दिल्लीका लागि कागिसो रवडा र इशान्त शर्माले समान २—२ विकेट लिका थिए । ट्रेन्ट बोल्ट, केमो पाउल, अजर पटेल र राहुल तिवेतीले समान १—१ विकेट लिएका थिए ।

यसअघि पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २०ओभर पुरा खेल्दै ६ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो ।

दिल्लीका लागि अविजित रहेको विकेट किपर ब्याट्ससम्यान रिशभ पन्तले २७ बलमा ७ छक्का र ७ चौकाको मद्दतमा ७८ रन बनाएका थिए । त्यस्तै, शिखर धवनले ४३ रन कोलिन इनग्रामले ४७ रन बनाएका थिए भने कप्तान श्रयस अयरले १६ रन बनाएका थिए ।