इक्यान महासचिवमा बासुदेव दाहालको उम्मेदवारी घोषणा
काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को महासचिव पदका लागि बासुदेव दाहालले उम्मेदवारी घोषणा गरेका छन् । आगामी असार ३० गते हुने निर्वाचनका लागि प्रान्जल एजुकेशन कन्सल्टेन्सीका संचालक दाहालले उम्मेदवारी घोषणा गरेका हुन् ।
इक्यानका सचिव दाहाल लामो समयदेखि महासचिवका लागि तयारी गरिरहेका थिए । भट्टराईलाई ललितपुर इक्यानले महाससिचवको आधिकारिक उम्मेदवार भनेर घोषणा गरिसकेको छ भने पूर्वअञ्चल र पोखाराबाट पनि उनलाई राम्रो भोट आउने अपेक्षा गरिएको छ ।
बुटवल र चितवनमा कमजोर देखिएका दाहाललाई काठमाडौंका अधिकांश व्यवसायीले मन पराउँछन् । व्यवसायीका समस्या थाहा पाउने वित्तिकै समाधान गर्न लम्किने, कसैको विरोध नगर्ने, नराम्रो नसोच्ने, सबैसँग राम्रो बोली बचन राख्ने भएकैले व्यवसायीले उनलाई रुचाउने परामर्श क्षेत्रमा चर्चा छ ।
उनको प्रतिशपर्धामा अहिलेमा महासचिव दीपकराज भुसाल र व्यवसायी श्रीराम पौडेल रहने बुझिएको छ । तर भुसाल र पौडेलले उम्मेदवारी घोषणा गरिसकेका छैनन् । उनीहरु दुवैजनाले प्यानलमा पर्नेगरी तयारी गरिरहेको बुझिएको छ ।
दाहालले भने स्वतन्त्र रुपमा आफू उम्मेद्वार बनेको बताउने गरेका छन् । उनले आफू अध्यक्षका सबै उम्मेदवारको साझा महासचिव भएको, निर्वाचन पश्चात पनि उहाँहरुको साझा हुने बताउने गरेका छन् ।
