एन.आई.सी एशियाका ग्राहकहरूलाई लेट मि इनमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त हुने

सोमबार, १८ असार २०८०

काठमाडौं— एन.आई.सी एशिया बैंकका आफ्ना ग्राहकहरूलाई काठमाडौं स्थित नयाँ बानेश्वर र महाराजगन्जमा सञ्चालित कोरियन स्कीन हस्पिटल लेट मि इनमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डेले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । उनले समझदारीपत्रमा बैंकको तर्फबाट डिजिटल पेमेन्ट इकोसिष्टम प्रमुख बिमल लम्साल र हस्पिटलको तर्फबाट निर्देशक मा दोङ सुले हस्ताक्षर गरको बताए ।

उनले भने, ‘उक्त समझदारी अनुसार यस बैंकमा खाता सञ्चालन गर्नुभई मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहनुभएका ग्राहकहरूले यो फाइदा उपभोग गर्न सक्नुहुनेछ । जसअन्तर्गत सबै प्रकारका फेसियल र उपचारमा यो छुट उपलब्ध गराउने बारे दुबै पक्षबीच समझदारी भएको छ । डिजिटल च्यानलबाट हुने कारोबारलाई वृद्धि गर्दै डिजिटल भुक्तानीलाई बढी भन्दा बढी सेवाग्राहीहरु समक्ष पु¥याउने हेतुले बैंकले यस सहकार्यलाई अगाडि बढाएको हो भने भविष्यमा समेत बैंकले यसैगरी डिजिटल भुक्तानीलाई बढवा दिनका लागि यस खालका सहकार्यलाई बढाउदै लैजाने लक्ष्य लिएको छ । मुलुकमा भुक्तानीको माध्यम नगदबाट डिजिटलतर्फ उत्साहजनक रुपमा अगाडि बढिरहेको अवस्थाबीच यस खालका साझेदारीले परम्परागत भुक्तानीको माध्यमलाई विस्थापित गरी डिजिटल कारोबारलाई बढाउन मद्दत मिल्ने बैंकले विश्वास लिएको छ ।