महिलाहरूका हकहितको लागी भन्दै निकिताद्वारा ‘नारी टिभी’ प्रसारण
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले महिलाहरूका हकहित, अधिकारका निमित्त टिभी फिल्मी’ लाई ‘नारी टिभी’ को रूपमा प्रसारणमा ल्याएकी छिन् । उनले फिल्म क्षेत्रलाई लक्षित गरेर १४ वर्षदेखि प्रसारण हुँदै आएको टेलिभिजन च्यानल ‘टिभी फिल्मी’ लाई ‘नारी टिभी’ को रूपमा प्रसारणमा ल्याइएकी हुन् ।
नेपालको पहिलो महिला टिभी च्यानलको रूपमा नारी टेलिभिजन एचडीले बुधबारदेखि प्रसारण सुरू गरेको छ। बुधबार बाजुराको बुढीगंगा नगरपालिकामा एक कार्यक्रम आयोजना गर्दै टेलिभिजनको औपचारिक रूपमा प्रसारण सुरू गरिएको हो।
टेलिभिजनमा माइती घर र आजको नारी नामक कार्यक्रम प्रसारण गरिएको छ। नारीहरूको नसुनिएका कथा, नारी उत्पिडनको व्यथा, समाजका नारीहरूको भूमिका र महत्व, समाज परिवर्तनमा नारीहरूको अग्रसरता जस्ता विषयलाई टिभीले प्राथमिकतामा राख्ने बताइएको छ।
कार्यक्रममा बाजुराका १५ जना एचआईभी पीडित महिलाहरूलाई खाद्यानसँगै ३ महिनाका लागि पोट्रिन डाईट औषधी र १ सय जना एकल महिलालाई दैनिक उपभोग्य खाद्यान सामाग्रीहरु वितरण समेत गरिएको थियो।
समारोहमा उपस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टेलिभिजनको भिडहरूमा नारी टिभीले फरक उद्देश्य र महत्व राख्ने बताए।