राष्ट्रिय सभाको बैठक स्थगित

बुधबार, २७ असार २०८०

काठमाडौं— राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । विभिन्न कारण देखाए पनि स्रोतको अनुसार प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि बैठक स्थगित गरिएको हो ।

सीताको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको छ । आज बिहान ११ बजेर १ मिनेटमा बोलाइएको बैठक बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो ।