सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ
काठमाडौं— सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।
स्रोतको अनुसार पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । उनीसँगै चितवनका अशोक लामा पनि पक्राउ परेका छन् ।
यसअघि मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । त्यो सुन तस्करी प्रकरणमा उनीहरुको संलग्नता रहेको राजश्व अनुसन्धान विभागको दाबी छ ।