राजनीतिक पुर्वाग्रहबाट गरिएको सदस्यता छनौट खारेज नगरे तालाबन्दी गर्ने ४ पत्रकार संगठनको चेतावनी

बिहिबार, ४ साउन २०८०

काठमाडौँ – दाङमा क्रियाशिल विभिन्न ४ पत्रकार संगठनहरुले नेपाल पत्रकार महासंघ दाङ शाखाले राजनीतिक पुर्वाग्रहबाट गरेको सदस्यता छनौट प्रक्रिया खारेजीको माग गरेका छन् ।

बिहिवार दाङमा क्रियाशिल विभिन्न ४ पत्रकार संगठनहरुले संयुक्त प्रेस वक्तव्य जारी गरि गर्दै राजनीतिक पुर्वाग्रहबाट गरेको सदस्यता छनौट प्रक्रिया खारेजीको माग गरेका हुन् ।

जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त प्रकाश वली , प्रगतिशील पत्रकार संघ नेपाल दाङका अध्यक्ष महेश रिजाल , समाजवादी प्रेस संगठन नेपाल दाङका संयोजक सुर्य बिसी र क्रान्तिकारी पत्रकार महासंघ दाङका अध्यक्ष इश्वरी प्रसाद गैरेको संयुक्त हस्ताक्षरित प्रेस वक्तव्यमा नेपाल पत्रकार महासंघ दाङ शाखाले जिल्लामा नयाँ सदस्यता छनोट गर्दा राजनीतिक पुर्वाग्रह राखी तीन दलिय भागबण्डा अनुसार सदस्यता छनौट गरि प्रदेश समितिलाई सिफारिस गरेको निर्णयप्रती गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

संयुक्त प्रेस वक्तव्यमा पत्रकार महासंघ दाङ शाखाले औपचारिक छलफल , निर्णय गर्दा जिल्लामा क्रियाशिल सवै संगठनलाई सहभागी नबनाई कांग्रेस निकट प्रेस युनियन , एमाले निकट प्रेस चौतारी , माओवादी केन्द्र निकट प्रेस सेन्टरको दलिय सिण्डिकेट अन्त्य गरि पत्रकार महासंघलाइ सबैको साझा संस्था बनाउन अनुरोध गरिएको छ ।

वक्तव्यमा महासंघ दाङ शाखाले सदस्यता छनौटको निर्णय तत्काल सच्याइ सबै क्रियाशिल संघरसंगठनको साझा प्रतिनिधित्वको सुनिश्चितता नगरे महासंघ दाङ शाखाको विरुद्ध अनिश्चितकालीन तालाबन्दीसम्मको संघर्ष गर्ने चेतावनीसमेत दिइएको छ ।

यता नेपाल पत्रकार महासंघ दाङ शाखाले असार २८ गते एक प्रेस बिज्ञप्ती जारी गरि जिल्लामा नयाँ सदस्यताका लागि आवेदन दिएका ९४ जना मध्य राजनीतिक पुर्वाग्रह राखी जम्मा १२ जनाको नाम छनौट गरि प्रदेश समितिलाइ सिफारिस गरेको जनाएको थियो ।

महासंघको उक्त निर्णय न्यायोचित नभएको भन्दै जनपत्रकार संगठन नेपाल दाङले यसअघि असार २८ गते नै प्रेस बिज्ञप्तिमार्फत ध्यानाकर्षण भएको जनाउँदै निर्णय तत्काल सच्याउन माग गरिसकेको छ ।

नेपाल पत्रकार महासंघ दाङ शाखाले गरेको नयाँ सदस्यता छनौटको निर्णय राजनीतिक पुर्वाग्रहबाट भएको भन्दै जिल्लामा क्रियाशिल पत्रकार संघरसंगठनहरु , जनपक्षीय पत्रकार , आम मिडियाकर्मीहरुले चर्को बिरोध जनाएका छन् ।

यस्तो छ ४ पत्रकार संगठनद्वारा जारी प्रेस वक्तव्यको पुरापाठ: