माछापुच्छ्रे बैंक नेश्नल बेस्ट प्रेजेन्टेड एनुयल रिर्पोट (बिपिए) अवार्ड २०२२द्वारा सम्मानित

आइतबार, ७ साउन २०८०

काठमाडौं— माछापुच्छ्रे बैंक लिमिटेड, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष प्रदान गर्ने नेश्नल बेस्ट प्रेजेन्टेड एनुयल रिर्पोट (बिपिए) अवार्ड २०२२  [National Best Presented Annual Report (BPA) Award, 2022]  बाट सम्मानित भएको छ । माछापुच्छ्रे बैंकले बैंकिङ्ग क्षेत्र तर्फको Certificate of Merit अवार्ड प्राप्त गरेको हो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकले तयार गरेको आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनमा समावेश गरिएका वित्तीय विवरणको प्रस्तुति र स्वीकृति, पारर्दशिता, विषयवस्तु, सुशासन लगायतका कुराहरुलाई मध्यनजर गर्दै उक्त अवार्ड प्रदान गरेको हो ।

माछापुच्छ्रे बैंक लि.ले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।