मौलिकताको खडेरीमा चिस्यान भर्न, बद्री सापकोटाको मौलिक गीत ‘स्यमुनानिलाई’ बजारमा
काठमाडौं – नेपाली सांगीतिक बजारमा पछिल्लो समय विकृतिजन्य गित संगीतले प्राथमिकता पाइरहेका र नवआगन्तुक कलाकारहरु पनि त्यतैतिर आकर्षित भैरहेको बेला मौलिकताको खडेरीमा चिस्यान भर्न बिल्कुलै मौलिक, यथार्थ भौगोलिक सास्कृतिक पहिचान झल्किने सब्द लहरीमा अनुबन्धित लोकगीत ‘स्यमुनानिलाई भर्खरै सार्वजनिक भएको छ।
बद्री सापकोटाको सुमधुर आवाज अनी प्रतिभाशाली गायक, सर्जक, कथाकार निर्देशक कृष्ण लामिछानेको मौलिक सब्द रचनामा भौगोलिक सास्कृतिक पहिचान बोकेको लोकगित ‘स्यमुनानिलाई’ बद्री सापकोटा नामक युटुव च्यानल मार्फत सार्वजनिक भएको हो।
‘स्यमुनानि नामक मौलिक गीत बिशेसगरी गोरखाको सुप्रसिद्ध सुन्दर गाउँ फुजेल लगाएत लक्षित जिल्लाका विभिन्न ऐतिहासिक मठ मन्दिर र सम्पदाको चित्रण गरि तयार पारिएको गीतका रचनाकार लामिछानेले बताए। उनले भने, गीतका गायक तथा लय संकलक बद्री सापकोटा लगाएत सम्पूर्ण टिमको अथाह मेहनतबाट यो गीत तयार भएको छ।’
यो भाका देश तथा बिदेशमा रहनु भएका नेपाली भाषीहरुको मनमनमा गुञ्जने विश्वास लिएका छौ।’ यसअघि पनि सापकोटाकै कन्सेप्टमा यस्तै गाउँघरमा अत्याधीक गुनगुनाइले तर एल्बमका रुपमा रेकर्ड नभएको गीतलाई परिमार्जन गरि आफ्नै क्रियसनमा प्रस्तुत गरि बजार पठाउँदा अत्याधिक लोकप्रिय बन्यो त्यसबाट हाम्रो टिम झनै उत्साहित भएर यो गीतलाई पनि त्यही सैलीमा प्रस्तुत गरेको उनको भनाइ थियो।’
भर्खरै मात्र सार्वजनिक भएको स्यमुनानिलाई गित सामाजिक संजाल फेसबुक, युटुव र टिकटकमा भाइरल हुन थालेको छ भने रेडियो टेलिभिजनहरुमा पनि अत्याधिक गुञ्जिन थालेको छ। सामाजिक प्रतिष्ठामा आँच आउने सामाजिक सद्भाव बिगार्ने खालका गीतहरुले बजार बिग्रिएको बेला यी र यस्ता गीतहरुले त्यसलाई बिस्थापित गर्छ र गर्नुपर्छ भन्दै यहि बिसयलाई लिएर नेपाली सांगीतिक बजारमा ठूलै बहस छेड्ने चर्चा हुन थालेको छ।
गीतका सर्जक तथा गायक द्वय सापकोटाले धन्नै आधा दर्जनभन्दा बढी गीतहरुको लय तथा सब्द रचना गरिसकेका छन् भने दर्जन हाराहारीका गीतहरुमा आवाज दिसकेका छन्। लामिछानेले दुइ दर्जन भन्दा बढी गीतहरुमा सब्द तथा संगीत भरिसकेका छन्।
सापकोटा नवउदयमान गायकको रुपमा चिनिन थालेका छन् भने, लामिछानेले बिगत एक दशकदेखि आफुलाई गायक सर्जक र कथाकारका रुपमा स्थापित गरिसकेका छन्। बद्री सापकोटा, विष्णीमाया सापकोटा र सुनिता बुढा क्षेत्रीको स्वर रहेको ‘स्यमुनानिलाई’ गीत गोरखा, धादिङ, तनहुँ, लमजुङ्ग लगायत गण्डक क्षेत्रमा अत्याधिक रुचाइने भाका हो।
स्यमुनानि गीतको म्युजिक भिडिओमा अभिनय लोकप्रिय गायक, सर्जक मोडल अर्जुन सापकोटा, रोशन देवकोटा, करिश्मा ढकाल, कृतिमा तिवारी, आयुस कुँवरको रहेको छ। भिडिओको निर्देशन चर्चित निर्देशक काजीस श्रेष्ठले गरेका छन्।