सरकारको काम कारबाहीका कारण जनतामा आशाको सञ्चार भएको छः प्रधानमन्त्री

बुधबार, १७ साउन २०८०

काठमाडौं— प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारकाले गरेको काम कारबाहीका कारण जनतामा आशाको सञ्चार भएको बताएका छन् ।

बुधबार राजधानीको कमलादीमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टचारविरुद्ध र सुशासनका सवालमा सरकारले गरेको काम कारबाहीले जनतामा आशा सञ्चार भएको बताएका हुन् ।

उनले पार्टीलाई स्थापित गराउन सबै नेता कार्यकर्ताको उत्तिकै भूमिका हुने उल्लेख गर्दै यो केन्द्रीय समिति बैठक समग्र योजना बनाउने सन्दर्भमा ऐतिहासिक बन्ने विश्वास लिए ।