आफूमाथि प्रहरीबाट हातपात भएको सुनिल शर्माको खुलासा

शुक्रबार, २६ साउन २०८०

काठमाडौं— कांग्रेस सांसद सुनिल शर्माले आफूमाथि प्रहरीबाट हातपात भएको बताएका छन् । उनलाई नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले हिजो पक्राउ गरेको हो ।

सांसद शर्माले म्याद थपका लागि अदालतबाट बाहिरिने क्रममा आफूमाथि प्रहरीले दुईपटक हातपात गरेको बताए । उनले भने,’ममाथि प्रहरीले दुई पटक हातपात गरेको छ । हातपात गर्न मिल्ने हो? यो कुरा ममाथि भएको छ ।’

सांसद शर्माले आफूमाथि हातपात भएको भनेपछि उनीनिकट कार्यकर्ता आक्रोशित भएर प्रहरीलाई प्रश्न गर्न अघि सरेका थिए । त्यसक्रममा सांसद शर्मालाई प्रहरीले घेरा हालेर भ्यानमा राखी लगेको छ ।

सांसद शर्मामाथि हातपात भएको विषयमा आफूलाई थाहा नभएको सिआइबी प्रमुख किरण बज्राचार्यले बताइन् । उनले त्यस्तो हुन नसक्ने दावी गरिन् ।