बालकोट गएकोबारे प्रश्न उठेपछि सुनिलले भने, ‘आफूलाई सहयोग गर्नेहरुलाई भेट्ने क्रममा त्यहाँ पुगे’
काठमाडौं— नेपाली कांग्रेस सांसद सुनिल शर्मा एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट गएकोबारे नेताहरुले प्रश्न उठाएपछि उनले आफूलाई सहयोग गर्नेहरुलाई भेट्ने क्रममा आफू बालकोट गएको बताएका छन् ।
उनले बैठकमा प्रष्टीकरण दिँदै भने, ‘मैले मलाई सपोर्ट गर्नेहरुलाई भेट्नेक्रममा केपी ओली भेट्न गएको हुँ। मेरोबारेमा पार्टी सभापति, महामन्त्री, शेखर दाइ सबैले मेरो पक्षमा बोल्नुभएको छ ।’
उनले आज बिहान बालकोट गएर प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेस र एमालेको सरकार बनाउने पहल थाल्ने बताएका थिए । त्यसो त उनले आफू अब गृहमन्त्रीको राजीनामाको अडानबाट ब्याक हुन नसक्ने सुनाए ।
उनले भने, ‘अब गृहमन्त्रीको राजीनामाबाट म ब्याक हुन सक्दिनँ । अर्थमन्त्रीबारे सोच्नसक्छु ।’ उनले सुन प्रकरणलाई लिएर गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै आएका थिए ।