गरिमा विकास बैंकले ल्यायो आकर्षण व्याजदरसहित ‘गरिमा सरल घर कर्जा’

बिहिबार, ३२ साउन २०८०

काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले आकर्षषण व्याजदरसहित ‘गरिमा सरल घरकर्जा’ र रिमा सरल एसएमई आवधिक कर्जा योजना सार्वजनिक गरेको छ । नेपाली नागरिकहरूको ‘आफ्नै घर–आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने यी योजनाहरु सार्वजनिक गरेको हो ।

बैंकले आकर्षक ११.९९ प्रतिशत ब्याजदरमा ‘गरिमा सरल घर कर्जा’ र ‘गरिमा सरल एसएमई आवधिक कर्जा’ सार्वजनिक गरेको छ । कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र कर्जा स्वीकृत हुने यी दुबै योजनाको ब्याजदर ७ वर्षसम्म निश्चित हुने बैंकले जनाएको छ ।

११.९९ प्रतिशतको निश्चित तथा आर्कषक ब्याजदरमा घर खरिद वा निर्माण गर्नको लागि गरिमा सरल घर कर्जा र व्यवसाय÷उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक कर्जा सुविधा लिन इच्छुक ग्राहक महानुभावहरुले आफुलाई पायक पर्ने यस विकास बैंकको शाखा कार्यालयमा सम्पर्क गर्नसकिने बैकले जनाएको छ ।

हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२१ शाखा कार्यलय, ५० एटीएम र डिजिटल बैंकिङ्ग मार्फत ग्राहक महानुभावहरुलाई अत्याधुनिक र गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।