कांग्रेस निर्वाचन समिति संयोजकमा खम्मबहादुर खाती नियुक्त

मंगलबार, ५ भाद्र २०८०

काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा खम्मबहादुर खाती नियुक्त भएका छन्।

सभापति शेरबहादुर देउवाले मंगलबार खातीलाई संयोजक नियुक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। अधिवक्तासमेत रहेका खाती पूर्वमहान्यायाधीवक्ता हुन्। उनले कांग्रेस निर्वाचन समितिमा यसअघि सदस्य रहेर काम गरेका थिए।

यसअघि निर्वाचन समिति संयोजक रहेका गोपालकृष्ण घिमिरेले २०७८ फागुन २९ गते राजीनामा दिएका थिए। घिमिरेकै संयोजकत्वमा २०७८ मंसिरमा कांग्रेसको १४ औं महाधिवेशन भएको थियो। घिमिरे नेपाल बार एसोसिएसन अध्यक्ष उठ्न त्यसबेला संयोजकबाट राजीनामा दिएका थिए।