सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्षलाई ज्यान मार्ने धम्की, सुरक्षाको माग
काठमाडौं – सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुसलभ केसीलाई ज्यानमार्ने धम्की आएको छ । पत्रकारसमेत रहेका केसीलाई समाचारको विषयलाई लिएर अज्ञात व्यक्तिबाट ज्यान मार्ने धम्की आएको हो ।
अध्यक्ष केसीलाई धम्की दिने व्यक्तिलाई कारवाही गरी उनको ज्यानको सुरक्षाका लागि अभियानले अपिल गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै अभियानका प्रवक्ता पुरुसोत्तम कार्कीले ज्यान मार्ने धम्की दिने व्यक्तिलाई कारवाही गर्न माग गरेको छ ।
‘अभियानका अध्यक्ष श्री कुशलव केसी ज्यूलाई अन्जान व्याक्तिले हो वा कसैबाट परिचालित गराई मोबाइल फोनबाट गोली हानी ज्यान मार्ने उदेश्य सहितको धम्की आएको र त्यस प्रकारको घटनाबाट सिङ्गो राष्ट्रिय अभियानका सम्पुर्ण पीडित बचतकर्ताहरुले आफुलाई असुरक्षित महसुस गरेका छन ।’, विज्ञप्तिमा भनिएको छ, ‘७७ रै जिल्लाका सम्पुर्ण पीडित बचतकर्ताहरुको प्राप्त सूचना अनुसार त्यस प्रकारको खेदजनक घटनालाई सरकारले दोषीलाई कानुन बमोजिम कडा भन्दा कडा कार्वाही गर्नै पर्छ र पीडितको सुरक्षा गर्नै पर्छ ।’
विज्ञप्तिमा आफ्नो माग सम्बोधन गरी दोषिलार्य कारवाही नगरे देशै भरिका पीडित बचतकर्ताहरुले सशक्त रुपमा पुनः आन्दोलन सुरु गर्ने जनाएको छ ।
प्रवक्ता