नक्साविपरीतका संरचनाहरूमा फेरी चल्यो महानगरको डोजर
काठमाडौं— काठमाडौँ महानगरपालिकाले नगर क्षेत्रमा नक्सा विपरीत बनेका संरचनाहरू भत्काउने कामलाई कायम राख्दै अनामनगर क्षेत्रको धोबी खोला छेउमा रहेका घरहरूमा आइतबार महानगरले डोजर चलाएको हो ।
मेयर बालेन्द्र शाह महानगरको मेयरमा निर्वाचित भएसँगै महानगरले अवैध संरचना हटाउने कार्यलाई प्राथमिकतामा राखेको छ । महानगरले यसअघि काठमाडौँका विभिन्न स्थानमा अवैध संरचना हटाउने अभियान चलाइसकेको छ ।
