आजको मौसमबारे यस्तो भन्छन् मौसमविद !

शुक्रबार, १५ चैत्र २०७५

चैत्र १५ काठमाडौँ – मुलुकका पहाडी भूभागमा आज (शुक्रबार) पनि मौसममा बादली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पहाडी भूभागहरुमा आंशिक बदली रहेपनि बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने पनि महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

पहाडी भेगका एक–दुई स्थानहरुमा मध्यान्नपछि अथवा साझतिर मेघ गर्जनसहितको क्षणिक वर्षाको सम्भावना पनि देखिएको मौसमविदले बताएका छन् ।