एमसीसी कार्यान्वयन गर्न खोजे राष्ट्रिय मुक्ति मोर्चा बनाई प्रतिरोध गर्नुपर्छः प्रकाण्ड सी
काठमाडौं— नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले एमसीसी जबर्जस्ती कार्यान्वयन गर्न खोजे नेपालमा राष्ट्रिय मुक्ति मोर्चाको गठन गरी प्रतिरोध गर्नुपर्ने बताएका छन ।
बुधवार नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुरागर्दै प्रवक्ता प्रकाण्डले नेपालमा एमसीसी कार्यान्वयन भए नेपाल, नेपाल नरहने भएकाले त्यस विरुद्ध राष्ट्रिय मुक्ति मोर्चा बनाई प्रतिरोध गर्नु पर्ने बताएका हुन । उनले एमसीसीबाट अमेरिकी साम्राज्यवादले नेपाललाई दक्षिण एशियाको युक्रेन बनाउन खाजेको भन्दै एमसीसीका कारण नेपाल अमेरिकाको क्रिडास्थल हुने ठोकुवा गरे ।
उनले समाजवादी मोर्चाको तर्फवाट प्रधानमन्त्री प्रचण्डलाई कार्यान्वयनमा हस्ताक्षर नर्गन अनुरोध गर्ने र सम्भव त कार्यान्वयन रोकिने विश्वास व्यक्त गरे । सरकारले यदि एमसीसी कार्यान्वयनको हस्ताक्षर रोक्न सकेन भने नेपालमा सबै देशभक्त,क्रान्तिकारी,वुद्धजीवी,प्रगतिशील लोकतन्त्रवादी सवै शक्तिहरु एक भएर प्रतिरोध गर्नु पर्ने बताए । उनले त्यसका लागि नेपालमा आफ्नो पार्टीले राष्ट्रिय मुक्ति मोर्चा गठनको पहल गर्ने र देश नयाँ ठाउँमा जाने बताए ।
प्रवक्ता प्रकाण्डले भने ’राति राति अमेरिकाको रक्सी र पैसा खाएकाहरु कार्यान्वयन गर्ने कसरतमा छन । रक्सी र पैसा खाएर एमसीसी ल्याउनेलाई कुनै पनि हालतमा नेकपाले छुट दिन सक्दैन ।’ उनले विदेशीको सासवाट सास लिएर वाँचेकाहरुले नेपालमा एमसीसी विकास हो भनेर भ्रमछरेको भन्दै एमसीसी विकास नभएर नेपाली जनता र राष्ट्रको विरुद्धको परियोजना भएको ठोकुवा गरे ।
उनले नेपालका दलालहरुले एमसीसीका कारण ठुलो मल्य चुकाउने पर्ने चेतावनी पनि दिए । प्रवक्ता प्रकाण्डले अमेरिकाको नेपाल स्थित दुतावासले संसदवाट घोषणा गरिएको १२ वुदे व्याख्यात्मक टिप्पणीमा सहमत छौ भनेको छ नि? भनेर सोधेको प्र्रश्नमा प्रवक्ता प्रकाण्डले भने त्यो दुतावासले भनेर होइन । अमेरिकी सरकारले भन्नु पर्छ । १२ वुदे व्याख्यात्मक एमसीसीको अंग हो भन्नु पर्छ । अनि मात्र थोरे सुधार हुन सक्छ । उनले एमसीसी नै नेपालको लागि आवश्यक नभएको भन्दै अमेरिकाले यदि नेपाललाई सहयोग दिन चाहे अरु परियोजना मार्फत दिन आग्रह गरे ।