एकीकृत जनक्रान्तिकाे स्कुलले पुरानाे कम्युनिस्ट स्कुललाई भत्काएकाे छ : भरत सी
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले एकीकृत जनक्रान्तिकाे स्कुलले पुरानाे कम्युनिस्ट स्कुललाई भत्काएकाे बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्युरोकाे दाेस्राे आवधिक याेजनाकाे पहिला पूर्ण बैठकलाई सम्वोधन गर्दै उनले यस्ताे बताएका हुन् ।
पार्टीकाे स्कुलिङ बिभागका इन्चार्जसमेत रहेका भरतले पुरानाे कम्युनिस्ट स्कुल भत्कीएकाले एकीकृत जनक्रान्तिकाे स्कुललाई अझ ब्यापक बनाउनुपर्ने बताए । ‘एकीकृत जनक्रान्तिकाे कार्यदिशा सफल हुँदै गएको छ । याे एकीकृत जनक्रान्तिकाे स्कुलकाे प्रभाव पनि हाे ।’ बैठकका प्रमुख अतिथिसमेत रहेका उनलेे भने, ‘यसकाे व्यवहारिक अभ्यासको रूपमा समाजवादी मोर्चा अगाडि आएको छ । याे साम्राज्यवाद विरुद्धकाे शसक्त माेर्चा हाे ।’
नेकपाले राष्ट्रिय मुक्ति आन्दोलनको नेतृत्व गर्ने समय आएको बताउँदै पार्टीले सबै देशभक्त कम्युनिस्ट र समाजवादी शक्तिसँग सहकार्य गर्दै जाने नीति लिएकाे जानकारी दिए । साथै याे माेर्चामा पार्टीले अग्र मोर्चामा रहेर काम गर्ने गरि तयारीमा जुट्न सबै नेता कार्यकर्तालाई निर्देशन दिएका थिए ।
एमसीसी कार्यान्वयनबिरूद्ध उपत्यका ब्युरोले शसक्त भूमिका खेलेकाेमा धन्यवाद दिदै यसलाई राष्ट्रिय मुक्ति आन्दाेलनका रूपमा उठाउनुपर्ने धारणा राखे । बैठकका अध्यक्ष र संचालन ब्युरो इन्चार्ज कृति सीले दाेस्राे आवधिक योजना सफल पार्न सबै जिल्ला इन्चार्ज तथा सेक्रेटरीलाई निर्देशन दिए ।
बैठकले असाेज ४ गते काठमाडौंकाे लब्सीफेदीमा बृहत जनप्रदर्शनसहित एनसीसीबिरुद्ध संघर्ष गर्ने, भदाै ३० गते जिल्ला सदस्यहरूकाे उपस्थितिमा प्रशिक्षण गर्ने, कालोबजारी, मिटरब्याजी र बैंक तथा बित्तीय संस्थाको ज्यादती विरुद्ध संघर्ष गर्ने निर्णय गरेकाे व्युराे सदस्य डिआर सीले बताए ।
बैठकले नेकपा केन्द्रीय सदस्य चिरन्जीवी सीलाई विदाई गरेकाे छ । आइतबार विहानबाट सुरू भएकाे बैठक बेलुका सम्पन्न भएकाे थियाे । बैठकमा जिल्ला सेक्रेटरीले आफ्नाे फिल्डकाे रिपोर्ट पनि राखेका थिए ।

