एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा लव अधिकारी सर्वसम्मत
काठमाडौं— नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा लव अधिकारी सर्वसम्मत चयन भएका छन् ।
जनकपुरधाममा बिहीबार राति सम्पन्न अधिवेशनले अधिकारीको अध्यक्षतामा ६३ सदस्यीय नेतृत्व चयन गरेको हो । उपाध्यक्षमा विशाल साह ‘शंकर’, सचिवमा अशोक महतो, सहसचिवमा नरुल्लाह अन्सारी र ओम प्रकाश साह साथै कोषाध्यक्षमा सुदर्शन काफ्ले सर्वसम्मत भए ।
यस्तै युवा विज्ञ परिषद् प्रमुखमा पिन्टु कुमार यादव, साइबर सर्कल विभाग प्रमुखमा शशि दास, महिला विभाग प्रमुखमा कमला विश्वकर्मा र प्रचार विभाग प्रमुखमा सुरेशकुमार यादव चयन भएको निर्वाचन आयोगका प्रमुख बलराम बेलबासेले बताए ।