एनआईसी एशियाद्वारा फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा अफर सार्वजनिक
काठमाडौं— एनआईसी एशिया बैंकले ConnectIPS सँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग ग्राहकहरुकालागि “Fund Transferमा हरेक हप्ता Mobile Phone हातमा” अफर सार्वजनिक गरेको छ । एनआईसीद्वारा संचालित सो अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोवाइल बैकिङ्ग ग्राहकले यस बैंकको मोबाइल बैकिङ्ग एप प्रयोग गरी ConnectIPS मार्फत Fund Transfer गर्दा १ थान स्मार्टफोन जित्न सक्ने छन् ।
एनआईसीका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यही भाद्र १७, २०८० गतेदेखि असोज २०, २०८० गतेसम्म लाग ुहुने उक्त अफर अन्तर्गत एकजना ग्राहकलाई हप्ता सकिएपछि (आइतबारदेखि शनिबारको अवधिलाई एक हप्ता मानिने छ) ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिने बताए । उनले उक्त विजेताको जानकारी एनआईसी एशिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिने पनि बताए ।
उनले भने, Fund Transfer गर्न आफ्नो मोवाइल बैंकिङ्ग सेवा एपमा login गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको fund transfer अप्सनमा क्लिक गरेर Other Banks Using ConnectIPS छनौट गर्नुपर्छ । यसरी Fund Transfer गर्दा ConnectIPS मा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन । Fund Transfer तथा विभिन्न भुक्तानीका निम्ती मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास बैंकले लिएको छ । हाल २४ लाखभन्दा बढि मोवाइल बैंकिङ्ग ग्राहकहरुले MoBank एप प्रयोग गरिरहनु भएको छ भने मोवाइल बैकिङ्गमा रहेको ConnectIPS मार्फत प्रतिदिनप्रति कारोबार रु. ३लाख रुपैयाँसम्म transfer गर्न सकिन्छ ।
