एमसीसी विरुद्ध मजदुरद्वारा संघर्षको घोषणा
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी निकट मजदुर सङ्गठन अनेट्रेयु क्रान्तिकारी महासंघले एमसीसी विरुद्ध आन्दोलनको घोषणा गरेको छ । महासंघको आज विहान बसेको केन्द्रीय समिति बैठकले एमसीसी विरुद्ध आन्दोलनको घोषणा गरेको हो ।
बैठकले मजदुरको हकहित र राष्ट्रघाती एमसीसी परियोजना खारेजीको ठोस कार्याक्रम घोषणा गरेको बैठकको प्रमुख अतिथिसमेत रहेकी नेकपा स्थायी समिति सदस्य शिलु सीले जानकारी दिइन् । बैठक सङ्गठनका अध्यक्ष श्यम सीको अध्यक्षतामा बसेको थियो ।
