धनगढी उपमहानगरपालिकाले कमजोर आर्थिक अवस्था भएकालाई दाहसंस्कार खर्च दिने

बुधबार, ३ असोज २०८०

काठमाडौं— कैलालीको धनगढी उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई आफन्तको मृत्युपछि गरिने दाहसंस्कार खर्च दिन सुरु गरेको छ ।

उपमहानगरपालिकाले आफन्तको मृत्युपछि गरिने दाहसंस्कारका लागि विपन्न पीडित परिवारलाई ५ हजार रुपैयाँ खर्च दिन सुरू गरिएको जनाएको छ ।

बुधबार धनगढी उपमहानगरपालिका—७ का स्थानीय ७६ वर्षीय छङ्‍गा रानाको अन्तिम संस्कारका लागि मेयर गोपाल हमालले नगर प्रहरीमार्फत ५ हजार रुपैयाँ रानाको परिवारलाई उपलब्ध गराएका छन् ।

दाहसंस्कार वापत उपमहानगरपालिकाले पहिलो पटक आर्थिक सहयोग घोषणा गरेको हो । दाहसंस्कार अगाडि नै १८१०५००००९० टोल फ्री नम्बरमा फोन गरेर सहयोग मागे उपलब्ध गराउने हमालले बताएका छन् ।