आवान्छित क्रियाकलापमा संलग्नलाई कार्यवाही गर्न सरकारसंग ठाकुरको आग्रह
काठमाडौं— लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले सरकार तथा स्थानीय प्रशासनलाई आवान्छित क्रियाकलापमा संलग्नलाइ कार्यवाही तथा जिल्लामा कानुन, व्यवस्थ कायम गर्न आग्रह गरेको छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । उनले केही दिनदेखि सर्लाहीको मलंगवामा देखिएको समाजिक तथा धार्मिक तनावप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । नेपाल बहु जातीय, बहु भाषिक, बहु धार्मिक, बहु सांस्कृतिकसहितको विविधतायुक्त देश हो र पूर्णरुपेन सहिष्णु समाजिक परिवेश नै पहिचानरहेको उनले उल्लेख गरेका छन् ।
एक अर्काको विविधिता युक्त पहिचानलाई सम्मान गर्दै समाजिक सद्भाव कायम गर्न सबै पक्षसँग अध्यक्ष ठाकुरले आग्रह गरेका छन् ।