नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न इक्यान र सफ्टएड ग्रुपबीच सम्झौता हुँदै
काठमाडौं – विदेशीहरुलाई नेपालमा ल्याएर अध्ययन गराउने उद्येश्यसहित स्थापना भएको सफ्टएड ग्रुप र विद्यार्थीलाई शैक्षिक परामर्श दिन स्थापित व्यवसायीहरुको छाता संगठन, नेपाल शैक्षिक परामर्श संघ (इक्यान)बीच सम्झौता हुने भएको छ । सफ्टएड ग्रुपले संचालनमा ल्याएको सनवे कलेजमा छात्रवृत्ति प्रदान गर्नका लागि सम्झौता हुनेभएको हो ।
सम्झौता सम्बन्धी पत्रकार सम्मेलन मंगलबार दिउसो बागबजारस्थित होटल हार्दिकमा हुने इक्यानले जनाएको छ । नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नका लागि सम्झौता गर्न लागेको विषयमा पत्रकार सम्मेलनको आयोजनजा गरिएको इक्यानका महासचिव दिपकराज भुसालले बताए ।
पत्रकार सम्मेलन दिउसो २ः३० बजेदेखि सुरु हुनेछ । सफ्टएड ग्रुप युनिक्याम्पस एजुकेशन नेटवर्क (विदेश विद्यार्थी कन्सल्टेन्सी)का संचालक विज्ञान श्रेष्ठ हो । नेपालमा श्रेष्ठले थुप्रै कलेजहरु संचालन गरिरहेका छन् भने विदेशमा पनि उल्लेख्य मात्रमा विद्यार्थी पठाइरहेका छन् ।