गौशालामा गोली प्रहारबाट एक घाइते, चुप्पी र कटुवा पेस्तोल छाडेर फरार

सोमबार, १५ असोज २०८०

काठमाडौं— काठमाडौंको गौशालामा गोली प्रहारबाट एक जना घाइते भएका छन्।

सोमबार गौशालामा एक जनामाथि गोली प्रहार भएको प्रहरी स्रोतले बतायो। गोली प्रहारबाट घाइते भएका व्यक्तिलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ। घाइतेको खुट्टामा चोट लागेको छ।

घाइतेको परिचय खुल्न बाँकी छ। गोली प्रहार गर्ने व्यक्तिले चुप्पी र कटुवा पेस्तोल छाडेर फरार भएका छन्।

प्रहरीले फरार भएका व्यक्ति खोजी गर्न थालेको छ।