राइटपाथको ‘ग्राण्ड एडमिसन डे’ भोली, विश्वविद्यालय तथा कलेजका प्रतिनिधि लाई भेट्न पाइने
काठमाडौं – राइटपाथ करियर काउन्सिलिङले ‘ग्राण्ड एडमिसन डे’ को आयोजना गर्ने भएको छ । राइटपाथले बुधबार विहानदेखि केन्द्रीय कार्यालय, पुतलीसडकमा ‘ग्राण्ड एडमिसन डे’ योजना गर्न लागेको हो ।
‘एडमिसन डे’मा विद्यार्थीले विभिन्न देशका विश्व विद्यालय तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष पराशर्म लिन पाउने राइटपाथले जनाएको छ । ग्राण्ड एडमिसन डे मा विभिन्न देशबाट २० बढी विश्व विद्यालय तथा कलेजहरुका प्रतिनिधिहरुको सहभागीता हुने राइटपाथका सिइओ फिलिप डिसीले बताए ।
डिसीले विभिन्न देशमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई उक्त कार्यक्रममा सहभागी हुन अनुरोधसमेत गरेका छन् । बेलायत, अमेरिका, क्यानडा र अष्ट्रेलियाबाट युनिभर्सिटी तथा कलेजहरुका प्रतिनिधिको सहभागीता हुने भएकाले अब्रोडको योजना बनाइरहेका विद्यार्थीहरुले यसबाट लाभ लिन सक्नेछन् ।
एडमिसन डेमा सहभागी विद्यार्थीका लागि परामर्शसँगै विदेश जाने प्रक्रिया पूर्ण रुपमा निशुल्क प्रदान गरिने बताइएको छ ।यो कार्यक्रममा सहभागी विद्यार्थीले आयल्समा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म छुट पाउने छन् भने लक्की ड्र मार्फत विजेताले स्मार्ट फोन प्राप्त गर्ने खवसर रहेको राइटपाथले जनाएको छ।
