एनएमबि बैंकको पुतलीसडक शाखामा इपेमेन्ट हबको उद्घाटन

शुक्रबार, २६ असोज २०८०

काठमाडौं— एनएमबि बैंकले पुतलीसडक शाखामा एनएमबि इपेमेन्ट हबको उद्घाटन गरेको छ । यस हबको प्रयोग गरी ग्राहकहरुले भिसा शुल्क भुक्तानी, विदेश स्थित शिक्षण संथामा विद्यार्थी भर्ना आवेदन शुल्क, PTE, SAT, USMLE, Flywire, Swift, GRE, ACCA जस्ता विविध अनलाइन भुक्तानी सेवा लिन सक्नेछन ।

बैंकले बिहिबार एक प्रेस विज्ञप्ति जारी गदैं यस्तो जानकारी दिएको हो । बैंकले एनएमबि इपेमेन्ट हब स्वीकृत विधुतीय भुक्तानी उपकरणहरू प्रयोग गरी ग्राहकहरूका लागि सहज रझन्झट मुक्त भुक्तानी सेवा अनुभव सुनिश्चित गर्दै, उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बतायो ।