जनताको चेतनामाथि प्रश्न नगर्न ओलीलाई रविको आग्रह

मंगलबार, ३० असोज २०८०

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको चेतनामाथि प्रश्न नगर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनल नयाँ पार्टीलाई हेरौं भनेर मात्र आफूहरुले मत नपाएको बताए । सोमबार नेकपा एमालेको पार्टी केन्द्रीय काार्यलय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले नयाँ दलप्रति लक्षित गर्दै नीति, विचार र सिद्धान्त नभएका दलहरुलाई भोट दिने जनता पनि कस्ता? भन्ने अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलाई लिएर सभापति लामिछानेले आफ्ना नेताहरु भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको सूचकांक कमजोर बनाउँदा पनि तपाईकै दललाई भोट हालिरहने? भन्ने प्रश्न गरेका हुन् ।

‘हामीलाई माया गर्ने, सद्भाव गर्ने, जनता कस्ता होइनन्, आफ्ना नेताहरु भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा, हरेक क्षेत्रको इण्डिकेटरहरुलाई रेडमा पुर्‍याउँदा अझै पनि तपाईंकै दललाई भोट हालिरहने? तपाईकै नेतालाई भोट हालिरहने? ती भोटर चाहिँ कस्ता? यो प्रश्न मैले गर्न चाहन्छु’ रविले भने ।

उनले अगाडि भने, ‘आम जनताले एउटा आशा र अपेक्षासहित नयाँ मानिसलाई हेरौं न भनेर हामीलाई ह्वारह्वार्ती भोट दिएको पनि होइन । उपनिर्वाचनबाट २१ सिट पु¥याएका त हौं नि । जनताको चेतनालाई चुनौती दिने हाम्रो हैसियत पनि छैन ।’