विजय केसीको सशक्त अभिनयमा दसैँ गित टिका जमरा सार्वजनिक
काठमाडौँ – भरत परिवार र रिता केसीको आवाजमा दसैँ तिहार गित टिका जमरा सार्वजनिक भएको छ। हिन्दु नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरि उक्त गीत सार्वजनिक गरिएको हो।
हेमराज योगीको सब्द संगीत, विजय केशीको सशक्त अभिनयमा आफ्नो देशमा जिबिकोपार्जन गर्न नसकेर बाध्यताले परदेशिएका नेपालीहरुलाई लक्षित गरि कारुणिक दशैँ तिहार गीत टिका जमरा अस्मि अफिसियल युट्युब च्यानलमार्फत केहिदिन अगाडी सार्वजनिक गरिएको छ।
गीतमा नेपाली सांगीतिक बजारमा लामो समयदेखि योगदान गर्दै आउनु भएका कलाकार द्वय भरत परिया,र रिता केसी, हेमराज योगी,गायक यारेञ्जर तथा सर्जक संजय श्रीपाल र वर्षा बन्दना लगाएका चर्चित कलाकारहरु अनुबन्धित छन्। केहीदिन अगिमात्र बजारमा सार्वजनिक गरिएको दशैँ गीतमा भरत परियार र रिता केसीको सुमधुर आवाज सुन्न सकिन्छ भने विजय केसी र वर्षा बन्दनाको सशक्त अभिनय देख्न सकिन्छ।