अरुण तेश्रो प्रभावित स्थानीयलाई नेकपाका प्रवक्ताले भने, हामि अरुण तेस्रो खारेजीको पक्षमा छौँ

अरुण तेश्रोको मुवाब्जा मात्र होइन सबैकाम ठप्प पारिदिनुस्

आइतबार, १२ कार्तिक २०८०

काठमाडौँ— नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी ले आफ्नो पार्टी विवादित अरुण तेस्रो जल बिद्ध्युत आयोजना खारेजीको पक्षमा रहेको बताएका छन्। आईतबार अरुण तेस्रो प्रवेश मार्ग मुवाब्जा पिडित स्थानिय संयुक्त संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन्।

काठमाडौँको बुद्धनगर स्थित पार्टी केन्द्रिय कार्यालयमा ज्ञापनपत्र बुझाउन पुगेको मुवाब्जा पिडित स्थानिय संयुक्त संघर्ष समितिले २ महिना अघीदेखी शान्तिपूर्ण आन्दोलन जारी राख्दापनी सरकार र सरोकारवाला निकायहरुले कुनैपनी तदारुकता नदेखाएर स्थानिय पिडितलाई हेपेको गुनासो सुनाउदै राज्य र सरोकारवालाहरुसंग पहल गरिदिन नेकपाका प्रवक्तालाई स्थानियहरुले ज्ञापनपत्र सहितको आग्रह गरेका थिए। प्रवक्ता प्रकाण्डले पिडित स्थानियहरुलाई आश्वास्त तुल्याउदै भने, तपाइहरुको माग जायज छन् तपाइहरु त् मुवाब्जाको कुरा लिएर आउनु भयो हाम्रो पार्टी त् यसको खारेजीको पक्षमा छ, हाम्रो पार्टीले अरुण तेश्रो र अप्पर कर्णाली देशको हितमा छैन राष्ट्रघाती छ, जनविरोधी लाचार सरकारका कारण अरुण तेश्रोबाट ठुलो राष्ट्रघात हुने खतरा छ, सरकारले निर्माणका लागी जिम्मा दिएको सतलज कम्पनी आफैमा बदनाम र विवादित कम्पनी हो यो नेपाल र नेपालीको हितमा छैन भन्दै राष्ट्रघाती सम्झौता पूर्ण रुपमा खारेज हुनुपर्छ भनेर कारवाही गर्दा राज्यबाट प्रतिबन्धको सामना गर्नुपरेको स्मरण गराए।

तपाहरुले मुवाब्जा मात्र नभएर जुन आयोजनामा नै समस्या छ यसले दिर्घकालीन भयावह समस्या निम्त्याउने कुरा गर्नु भएको हाम्रो पार्टीको मुल कुरापनि यही हो, तर तपाइहरुको मुवाब्जाको बिषयमा यस अघिपनि हाम्रो पार्टीमा कुरा आएको थियो त्यसपछि सरोकारवालाहरुसंग हाम्रो छलफल भैरहेको छ, लगानी बोर्डका साथीहरु सकारात्मक छन्। अब हामी प्रधानमन्त्रीसंगपनि तपाईहरुको माग सम्बोधनबारे आग्रह गर्छौ उनले भने। अन्तिममा प्रवक्ताले पिडितहरुलाई आस्वासन दिंदै, तपाइहरुले जुन माग गर्नु भएको छ यो पुरा नभए आयोजना ठप्प पार्ने जुन कुरा ल्याउनु भएको छ यसमा अरुण तेश्रोको मुवाब्जा मात्र होइन सबैकाम ठप्प पारिदिनुस हाम्रो पार्टीको साथ छ।