राहत प्याकेज घोषणाका लागि मन्त्रिपरिषद् बैठक बस्दै

शनिबार, १८ कार्तिक २०८०

काठमाडौं – भूकम्प प्रभावित क्षेत्रमा राहत प्याकेज घोषणाका लागि भोलि मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले   भोलि बिहान ८ बजे बैठक आह्वान गरिएकोजानकारी दिएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले प्रभावित क्षेत्रमा छन् । आज साँझसम्म क्षतिको विवरण संकलन गरी आवश्यक राहतको घोषणा गर्ने तयारी सरकारले गरेको छ ।

प्रहरीका अनुसार अहिलेसम्म भूकम्पमा परी १३६ जनाको मृत्यु भएको छ । १६५ जना घाइते भएका छन् ।