समाजवादी व्यवस्था ल्याउनको लागि पत्रकारको भुमिका महत्त्वपूर्ण छ: समाज सी

सोमबार, २० कार्तिक २०८०

मुगु – नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समाज सीले समाजवादी व्यवस्था ल्याउनको लागि पत्रकारको भुमिका महत्त्वपूर्ण भुमिका रहेको बताएका छन् ।

जनपत्रकार संगठन नेपाल उत्तर कर्णाली ब्युरोले मुगुको गम्गडीमा आइतबारदेखि आयोजना गरेको ५ दिने आधारभूत पत्रकारिता तालिमको उद्घाटन सत्रमा बोल्दै केन्द्रीय सदस्य समाजले यस्तो बताएका हुन् ।

अहिलेसम्मको हरेक राजनीतिक परिवर्तनमा पत्रकारहरूले ठुलो भुमिका खेलेको भन्दै समाजवादी व्यवस्था ल्याउनेमा क्रान्तिकारी पत्रकारको अहम् भुमिका रहेको बताउनुभयो । मुगु जिल्ला इन्चार्ज समेत रहेका समाज सीले जनपत्रकारले समाजमा रहेका विकृति विसंगति सँगै संचारको पहुँचमा नभएका आवाज विहीनहरूको आवाज बन्नुपर्ने बताए ।

उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य दिदै जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्माले जनपत्रकारहरु जनताको पत्रकार भएकाले समाजका विभिन्न विकृति विसंगति र समाजिक समस्याका सवालमा कलम चलाउनु पर्ने बताए ।

तालिममा उत्तर कर्णाली ब्युरोको हुम्ला, मुगु र जुम्ला जिल्लाहरु करिव डेढ दर्जन प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । जनपत्रकार संगठन नेपालका उत्तर कर्णाली ब्युरो उपेन्द्र रावलको अध्यक्षता रहेको थियो भने कल्पना रोकायाले संचालन गरेकी थिइन ।