निजी क्षेत्रको कर्जा प्रवाहमा २.३ प्रतिशतले वृद्धि

शुक्रबार, २४ कार्तिक २०८०

काठमाडौं –                                           बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ९ अर्ब ३ आर्थात २.३ प्रतिशत करोडले बढेको छ। अघिल्लो वर्षको यस्तो कर्जा ५९ अर्ब ११ करोड अर्थात १।३ प्रतिशतले मात्रै बढेको थियो।

वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.८ प्रतिशतले बढेको छ।

२०८० असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.९ प्रतिशत र ३६.१ प्रतिशत रहेको थियो।

निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.३ प्रतिशतले, विकास बैंकहरुको १।८ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १.५ प्रतिशतले बढेको छ।

२०८० असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२।० प्रतिशत कर्जाको लागि चालु सम्पत्ति ९कृषि तथा गैर–कृषिजन्य वस्तु० सुरक्षणको रुपमा रहेको छ भने ६७.३ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ। २०७९ असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.२ प्रतिशत र ६६।७ प्रतिशत रहेको थियो।