नेपालमा राम्रो काम गर्दा असहयोग गर्ने परिपाटी रहेको उपसभामुख रानाको गुनासो

शुक्रबार, १ मंसिर २०८०

काठमाडौं— उपसभामुख इन्दिरा रानाले नेपालमा राम्रो काम गर्दा असहयोग गर्ने परिपाटी रहेको गुनासो गरेकी छिन् ।

विश्व शौचालय दिवसको अवसरमा शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उपसभामुख रानाले यस्तो बताएकी हुन् । आफूले कोरोनाको बेलामा समस्यामा परेकाहरुलाई खाना खुवाउँदा विरोध सहनु परेको भन्दै उनले भनिन्, ‘कोरोनाको बेलामा मैले खाना खुवाउँदा दरबारमार्गमा फोहोर भयो भनेर बिरोध गरे । मैले खाना खानेहरुलाई पनि बोलाएर त्यहीँ बेस्करी सफा गरेको छु । दरबार स्क्वाएरमा । पानीका कारण मोटरबाइक आउनलाई गाह्रो भयो भनेर मलाई गाली ग¥यो । केही गर्दा नहुने के यो देश, केही गर्दा नहुने ।’

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि विदेशी फूललाई प्रतिबन्ध लगाएको र निःशुल्क शौचालयको थप व्यवस्था गर्न खोज्दा होटल व्यवसायीहरुले नमानेको आरोप पनि उनले लगाइन् । ‘विदेशी फूललाई ब्याण्ड गर्नुभयो, बालेन्द्र साहले तर यता नेपालीले मालाको मूल्य नै बढाए । बालेन साह मेयर बनेपछि नयाँ काम शुरु गर्नुभएको थियो तर कतिपय होटलले मानेनन्,’ उनले भनिन् ।