मङ्सिर २ गते ध्रुविकरण कार्यक्रम हुदै

शुक्रबार, १ मंसिर २०८०

काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी र कान्छाराम तामाङलगायत पार्टी तथा नेताहरु बिच शनिवार ध्रुविकरण कार्यक्रम हुने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी उक्त कार्यक्रममा सहभागी हुनका लागि सुक्रवार साँझ सम्म कपिलवस्तुबाट काठमाडौं आईपुग्ने नेकपाका स्थायी समिति सदस्य अनिल विरही सीले जानकारी दिएका छन ।

ध्रुविकरण कार्यक्रम शनिवार अपरान्ह १२ः३० बजे कमलादी स्थित प्रज्ञा भवनको पुस्तकालय सभाकक्षमा सम्पन्न हुने जनाईएको छ ।

सच्चा क्रान्तिकारी,कम्युनिष्ट तथा देशभक्त शक्तिहरु बिचको ध्रुविकरण हुने कुराले कम्युनिष्ट आन्दोलनमा सकरात्मक सन्देश दिने अपेक्षा गरिएको छ ।