कालिकोटको मान्ममा विशाल जनसभा सुरु, हजारौ जनता सहभागी
काठमाडौं— कालिकोटको सदरमुकाम मान्ममा विशाल जनसभा सुरु भएको छ । नेकपा मध्यकर्णाली ब्यूरो र नेकपा कालिकोटले आयोजना गरेको विशाल जनसभा साढे दुई बजेबाट सुरु भएको हो ।
जनसभामा सहभागी हुन गाउँ गाउँबाट सदरमुकाम मान्म हजारौ जनता नारा जुलुस र र्याली निकालेर जनसभामा सहभागी भएका छन । जनसभाको संचालन नेकपाका केन्द्रीय सदस्य बलवाल सी गरिहेका छन ।
कार्यक्रमको अध्यक्षता मध्यकर्णाली व्यूरो इन्चार्ज विवेब सीले गरेका छन । विवेकले संकटको समाधान गर्न आफ्नो पार्टी लागेको बताए । कार्यक्रम जारी छ ।