बेंगलोरको लगातार पाँचौ हार, आन्द्रे रसेलको विश्फोटक ब्याटिङ
कोलकता नाइट राइडर्सबाट वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलको विश्फोटक ब्याटिङसँगै इन्डियन प्रिमियर लिग(आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलोरले लगातार पाँचौ हार व्यहोरेको छ ।
शुक्रबार राती बेंगलोरको घरेलु मैदान चिन्नावास्मीमा सम्पन्न खेलमा कोलकता नाइट राइडर्सले २ सय ६ रनको विशाल लक्ष्य पछ्याउदै बेंगलोरलाई ५ विकेटले हराएको हो । कोलकताले १९.१ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्यो ।

रसेलले १३ बलमा ७ छक्का र १ चौका प्रहार गर्दै ४८ रनमा अविजित रहे । रसेलले १८ औं ओभरमा ३ छक्का प्रहार गर्दै २३ र १९ औं ओभरमा टिम साउदीलाई ४ छक्का र १ चौका प्रहार गर्दै २९ रन बटुलेपछि कोलकताले सहज जित हात पारेको हो । कोलकताका लागि कुलदिप यादव,सुनिल नारायण, नितेश रानाले समान १ विकेट लिए ।
क्रिस लिनने ३१ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४३, सुनिल नरायण १०, रोविन उथप्पा ३३ र नितेश राना ३७ रनमा आउट भए । कप्तान दिनेश कार्तिक १९ रनमा आउट भए । बेंगलोरका लागि नवदीप सैनी र पवन नेगीले समान २ विकेट लिएका थिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ५ रन बनाएको थियो । बेंगलोरलाई विशाल लक्ष्य बनाउन ओपनर विराट कोहलीले ४९ बलमा ९ चौका र २ छक्का प्रहार गरी ८४ रनको महत्वपूर्ण इनिङ्स खेले ।
दोस्रो विकेटका लागि कोहलीले डी भिलियर्ससँग १ सय ८ रनको शतकीय साझेदारी गरेका थिए। १८ ओभरको पहिलो बलमा कुलदीप यादवले कोहलीलाई आफैं क्याच लिदै साझेदारी तोडे । आक्रमक रुपमा रन जोडेका डी भिलियर्सले ३२ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६३ रनमा र १९ औं ओभरको पाँचौ बलमा सुनिल नारायणकाे बलिगमा सुबमन गिलबाटले क्याच गर्दै अाउ६ गरे ।
ओपनर कोहलीले पहिलो विकेटका लागि पार्थिव पटेलसँग ७.५ ओभरमा ६४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । पटेल २५ रनमा आउट हुँदा मार्कस स्टोइनिसले १३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २८ रनमा अविजित रहे । कृष्णलाई स्टोइनिसले अन्तिम ओभरको चौथो बलमा चौका र पाँचौ बलमा छक्का र अन्तिम बलमा चौका प्रहार गर्दै फिनिस गर्दै १८ रन जोडेपछि बेंगलोरले २ सय रन कटाउन सफल भएको थियो ।
यस अघि बेंगलोरले चेन्नई,मुम्बई,हैरावाद र राजस्थानसँग पराजित भएको थियो ।