आज नेकपाको १०औं पुनर्गठन दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइदै

शुक्रबार, ८ मंसिर २०८०

काठमाठौं – नेपाल कम्युनिष्ट पार्टीले आफ्नो १० पार्टी पूनर्गगठन दिवस भव्य रुपमा मनाउने भएको छ । पार्टीले देशभर विचार गोष्ठी, अन्तरक्रिया, जनसभा, दिपावली लगायतका विभिन्न कार्यक्रम गरी मनाउने भएको हो ।

नेकपाले केन्द्र, व्यूरो, जिल्ला र स्थानीयतहमा विकेन्द्रीत रुपमा पार्टी पूनर्गठन दिवसलाई दिउसो विचार गोष्ठी, अन्तरक्रिया, जनसभा गरेर मनाउदैछ भने साँझ दिपावली गरी एउटा भव्य उत्सवका रुपमा मनाउन लागेको छ । नेकपाका नेता कार्यकर्ताहरुले आजको दिन जनतासम्म खुसी साँटासाट गर्दै शुभकामना आदान प्रदान गरेर पार्टी पूनर्गठन दिवस मनाउने छन ।

नेपालमा सर्वहारा श्रमजीवीवर्गको प्रतिनिधित्व गर्ने एकमात्र कम्युनिष्ट पार्टी संसदवाद र जडसुत्रवादका विरुद्ध संघर्षगर्दै २०६९ साल मंसिर ८ गते आजैको दिन पूनर्गठन भएको दिनको सम्झनामा नेकपाले देशभर उत्सव मनाउन लागको हो । नेकपाले पार्टी पूनर्गठन दिवसका अवसरमा आज जनयुद्धको उद्गमस्थल रोल्पाको थवाङमा विशाल जनसभाको आयोजना गरेको छ । जनसभालाई पार्टीका महासचिव विप्लव सीले सम्धोधन गर्ने कार्यक्रम छ ।

नेकपाका स्थायी समिति सदस्य सन्तोस सी र अनिल सी पनि आज थवाङमा हुने जनसभामा सहभागी हुन महासचिव विप्लव सीसँगै रोल्पा पुगेका छन् । यस्तै पार्टी पूनर्गठन दिवसको अवसरमा मंसिर ६ गते कालिकोटको मान्ममा आयोजित जनसभालाई सम्बोधन गर्न गृह जिल्ला कालिकोट पुगेका नेकपाका प्रवक्ता प्रकाण्ड सी जनयुद्धको आधारभूमी माल्कोट पुगेका छन् । माल्कोटमा आज पार्टी पूनर्गठन दिवसको भेटघाट तथा खुसी तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुदैछन । मान्ममा सम्पन्न भएको विशाल जनसभालाइ प्रवक्ता प्रकाण्डले सम्बोधन गरेका थिए ।

नेकपाका अर्का स्थायी समिति सदस्य शिलु सी पार्टी पूनर्गठन दिवसका अवसरमा विद्यार्थी तथा मजदुर संगठनले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी हुदैछन । नेकपाका अर्का स्थायी समिति सदस्य भरत सी पार्टी पूनर्गठन दिवसको अवसरमा कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाको रतिपुरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न कैलाली पुगेका छन । नेकपा कैलाली जिल्लाले जनसभा तथा भेटघाटसँगै खिर खाएर रमाईलो गरी शुभकामना आदान प्रदान गरेर पार्टी पूनर्गठन दिवस मनाउन लागेको जिल्ला इन्चार्ज प्रकाश सीले जानकारी दिएका छन ।

यस्तै नेकपाका अर्का स्थायी समिति सदस्य शुशिल सी पार्टी पूनर्गठन दिवसको अवसरमा हुम्ला जिल्लामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न गृहजिल्ला हुम्ला पुगेका छन । यो दिन श्रमजीवी सर्वहारावर्गको खुसीको दिन हो । तत्कालिन नेकपा (माओवादी)ले जनयुद्धबाट नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने सपना दिएको थियो ।

तर शान्तिप्रक्रियामा आउदा माओवादीको एउटा हिस्सा संसदवादमा पतन भएपछि वैद्य र विप्लवको अगुवाईमा नयाँ पार्टी गठन भएको थियो । अढाई वर्ष वैद्यसँग रहेका विप्लवले बैद्यबाट पनि पार्टी अलग गरी नेपाल कम्युनिष्ट पार्टी गठन गरेका थिए । आज नेपालमा क्रान्तिकारी विचारको अग्रणीय प्रतिनिधित्व गर्ने पार्टी नेकपा भएको छ । यसको पूनर्गठन दिवस उत्सवको रुपमा क्रान्तिकारीहरुले मनाउनु खुसीको विषय हो ।