नेपकम्सको आयोजनामा ‘एडु एक्स्पो’ हुँदै

शुक्रबार, ८ मंसिर २०८०

काठमाडौं – शैक्षिक परामर्श संस्था नेपकम्स सर्भिसेसले अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीका लागि ‘एडु एक्स्पो’ गर्ने भएको छ । नेपकम्सले मंसिर २१ गते बिहीबारका दिन काठमाडौंको बागबजारस्थित आफ्नै कार्यालयमा एडु एक्स्पो गर्ने भएको हो ।

विद्यार्थीलाई विदेशको शिक्षा, विश्वविद्यालय तथा कलेजहरुको बारेमा जानकारी दिन एक्स्पोको आयोजना गरिएको हो । एक्स्पोमा अस्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिकाका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुको सहभागिता रहने नेपकम्सले जनाएको छ । उक्त एक्स्पोमा नेपाली विद्यार्थीलाई विश्वका विभिन्न देशहरुमा अध्ययनको अवस्था, रोजगारीका अवसरहरु लगायतका विषयमा जानकारी प्राप्त हुनेछ ।

एक्स्पोमा सहभागी विद्यार्थीले करिअर काउन्सिलिङका साथै विभिन्न खालका छात्रबृत्ती पनि प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै, यो एक्स्पोमा सहभागी विद्यार्थीले आकर्षक गिफ्टसहित चलचित्रको टिकटसमेत प्राप्त गर्नेछन् ।