मूलुक अप्ठ्यारो अवस्थामा रहेपनि सबै भत्किएको अवस्था छैनः गगन थापा

शुक्रबार, ८ मंसिर २०८०

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मूलुक अप्ठ्यारो अवस्थामा रहेपनि सबै भत्किएको अवस्था नभएको बताएका छन् ।

उनले निराशाका विचमा पनि केही सकरात्मक कार्य भएको तर त्यतिले मात्रै सन्तुष्टि नागरिक नहुने बताए । पर्यटक यो वर्ष सबैभन्दा बढी नेपाल भित्रिएको, भारतलाई विजुली निर्यात, बंगलादेशलाई विजुली बेच्ने सम्झौतालाई सकारात्मक पाटोबाट हेर्नुपर्ने उनले बताए ।

नागरिकमा निराशा र आक्रोश रहेको सुनाउँदै उनले त्यसलाई चिर्न कांग्रेसले मात्रै सक्ने दाबी गरे । अर्घाखाँचीको जिल्ला सम्मेलनमा शुक्रबार बोल्ने क्रममा महामन्त्री थापाले मञ्चमा नबसेकाले नै पार्टी बचाएको बताए । ‘मञ्चमा बस्नेले जोगाएको पार्टी कांग्रेस होइन । मञ्चमा बस्नेले विरागेका छौं । भत्काएका छौं,’महामन्त्री थापाले भने ।

प्रदेशले पाउने अधिकार केन्द्रले नै राखेकाले संघीयतामा प्रश्न उठेको उनले बताए । मन्त्रालय संघमा घटाएर प्रदेशमा बढाउनुपर्ने थापाको तर्क छ । व्यवस्थाका विरुद्धमा भ्रम छर्न लागिएकाले त्यसलाई कांग्रेसले मात्रै चिर्नसक्ने उनले थापाले बताए ।

महाधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धा गर्ने र टिकट वितरणको प्रणालीमा पार्टीभित्र छलफल गर्नुपर्ने मुद्धा रहेको बताए ।