गाडी कब्जा गरेको आरोपमा धनगढीका शेख मुनिर अहमद पक्राउ
काठमाडौं— गाडी कब्जा गरेको आरोपमा धनगढीका शेख मुनिर अहमद पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी देवेन्द्र पालको अनुसार अपराधिक पृष्ठभूमि भएका मुनिरलाई टीकापुरका भरत शाहीको गाडी कब्जा गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो। मुनिरलाई आइतबार जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धीको मुद्दामा छलफल गर्न पुगेकाबेला पक्राउ गरिएको बताउँदै एसपी पालले नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको बताए ।
अपराधिक पृष्ठभूमि भएका मुनिरविरुद्ध प्रहरीमा ठगी, मिटरव्याज, जग्गा हडपेको, चेक अनादर, अभऽ व्यवहारलगायतका मुद्दा पर्ने गरे पनि उनी अहिलेसम्म प्रहरी नियन्त्रण बाहिरै थिए । आइतबार पक्राउ परेपछि पीडीतहरुबाट किटानी जाहेरी माग गर्ने तयारी प्रहरीले गरेको छ ।