सरकार र पार्टी हिजोकै ढाँचाअनुसार चल्न खोज्दा संघीयता कमजोर बनेको होः अमरसिंह पुन
काठमाडौं— नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले संघीय सरकार र पार्टी नेतृत्व हिजोकै ढाँचाअनुसार चल्न खोज्दा संघीयता कमजोर बनेको बताएका छन् ।
मंसिर १६ र १७ गते हुन गइरहेको पार्टीको प्रथम प्रदेश सम्मेलनको तयारीबारे जानकारी दिन सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संघीयता कार्यान्वयनमा संघीय सरकार र पार्टी नेतृत्व अनिच्छुक देखिएको बताए ।
सभापति पुनले भने, ‘संघीय सरकार र पार्टीका केन्द्रीय नेतृत्व हिजोकै ढाँचामा चल्ने, प्रदेश र जिल्लाले गर्नुपर्ने कामहरु पनि केन्द्रबाटै गर्ने तल्लो तहलाई कुनै अधिकार नदिने, अनि संघीयता कार्यान्वयन भएन भनेर हुन्छरु संघीय सरकार र पार्टीका केन्द्रीय नेतृत्व नै संघीयता कार्यान्वयनका लागि इच्छुक छैनन्।’
कांग्रेसभित्रको आन्तरिक संघीयता पनि कमजोर रहेको उनले बताए।