देउवाले बोलाएको बैठकमा किन गएनन् सिटौला ? यस्तो छ कारण
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको शिर्ष नेताहरुको बैठक बरिष्ठ नेता कृष्ण सिटौलाले बहिस्कार गरेका छन ।
कार्यसम्पादन समितिको टुंगो लगाउने प्रयासमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले परामर्शका लागि बोलाएको बैठक सिटौलाले बहिस्कार गरेका हुन । बैठकका लागि देउवा निवासबाट खबर आएपछि सिटौलाले नजाने बताएको सिटौला निकट स्रोतको दाबी छ ।
कार्यसम्पादन समितिमा देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ६० र ४० को भागवण्डा गरेपछि सिटौला असन्तुष्ट देखिएको एक नेताले बताएका छन् ।