दुर्गा प्रसाईलाई प्रधानमन्त्रीको फोन, के–के भयो कुराकानी ?

बुधबार, १३ मंसिर २०८०

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले फोन गरेर सरकार समस्या समाधान गर्न तयार भएको बताएका छन् । व्यवसायी प्रसाईलाई प्रधानमन्त्री प्रचण्डले ऋणीहरुको ५ लाखसम्मको ऋण मिनाहा गरेर समस्याको समाधान गर्न सरकार तयार रहेको बताएका हुन् ।

विभिन्न मिडियाहरुसँग कुराकानी गर्दै प्रसाईले प्रधानमन्त्रीबाट यस्तो प्रस्ताव आएको बताएका हुन् । ‘प्रधानमन्त्रीले २० लाख होइन ५ लाख सम्मको ऋण मिनाहा गरिदिन्छौं भनेर फोन गर्नुभयो ।’, प्रसाईले भने, ‘सरकारले ५ लाख ऋण मिनाहा गर्छु भनिसकेको छ । हाम्रो भनाई ५ लाखले मात्र पुग्दैन भन्ने हो ।’

५ लाखाले सबैको ऋण मिनाहा नहुने भन्दै यो समस्याको समाधान नभएको बताए । ‘मान्छेका घर, जग्गा लिलाम भएका छन्, हाम्रो आन्दोलनले सरकार ५ लाखसम्म आएको छ । आन्दोलन अझ शसक्त भयो भने हाम्रा सर्बै माग पुरा हुन सक्छन् ।’ उनले भने ।

प्रसाईले आफ्नो आन्दोलनका कारण व्यवसायहरुको झुण्एिर मर्ने क्रम रोकिएको बताए । सरकारले नागरिकलाई मर्न दिनु नहुने भन्दै यसको समाधानका लागि आफ्ना मागहरु पुरा गर्नुपर्ने धारण राखे ।