पूर्वप्रधानमन्त्री र चिनियाँ राजदूत सङबीच भेटवार्ता, आपसी हित एवं चासोको विषयमा कुराकानी

आइतबार, १७ मंसिर २०८०

काठमाडौं— पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छेन सङबीच भेटवार्ता भएको छ ।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार उनीहरुबीचमा आपसी हित एवं चासोको विषयमा कुराकानी भएको थियो । नेकपा एकीकृत समाजवादीका विदेश विभाग प्रमुखसमेत रहेका खनाललाई भेट्न चिनियाँ राजदूत शनिबार उनको निवास डल्लु पुगेका थिए ।