ह्वातै घट्यो सुनको भाउ, कतिमा हुदैं छ कारोबार?

मंगलबार, १९ मंसिर २०८०

काठमाडौं— मंगलबार सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबार प्रतितोला १ लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार २ हजार ४०० रुपैयाँले घटेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १५ सय रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।