रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने खेल खेलिन्दै छः प्रधानमन्त्री

सोमबार, २५ मंसिर २०८०

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने खेल खेलिएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार प्रेस सेन्टरको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले भने, ‘अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने र अर्को बनाउने एकथरिको खेल, कसरत भइरहेको छ।’

उनले अहिलेको गठबन्धन सरकार नै पूरै अवधि चल्नेसमेत बताए। ‘गठबन्धन पूरै अवधि जान्छ। अब एक वर्षको समीक्षा गर्ने र अर्को वर्षका लागि नयाँ रणनीति सोच्ने बेला आएको छ,’ प्रधानमन्त्री दाहालले भने।