देशकाे शिक्षा बिग्रियो भने देश नै असफल हुन्छ : पूर्व अध्यक्ष पाण्डे

शुक्रबार, २९ मंसिर २०८०

चितवन – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले शिक्षा बिग्रियो भने देश असफल हुने जिकिर गरेका छन् । शुक्रबार इक्यान चितवनकाे १२औं बार्षिक साधारणसभा तथा ७औं अधिवेशनकाे उद्घाटन सर्तलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् ।

पाण्डेले परामर्श व्यवसायीले नेपाल र नेपालीलाई शिक्षित बनाउन भूमिका खेलिरहेको भन्दै सरकारले बेलैमा नीतिगत पहल नगरे देशकाे शिक्षा बिग्रिने बताए । उनले देशकाे शिक्षा अवस्था बिग्रिए देश नै असफला तिर धकेलिने जिकिर गरे ।

“नेपालकाे शिक्षा गलत नीतिका कारण कमजाेर भएकाे छ ।”, उनले भने, “त्यही गलत नीतिका कारण नेपालीहरू अवसरका लागि, आफ्नाे र परिवारको भविष्यका लागि बिदेशिन बाध्य छन् । हामीले विदेशिन चाहाने विद्यार्थीका लागि सहजिकरण मात्र गरिदिनेे हाे ।”

परामर्श व्यवसायीहरूले रहरले नेपाली विद्यार्थीलाई विदेश नपठाएकाे जिकिर गर्दै राज्यले अध्ययनका लागि विदेशिन पर्ने बाध्यताकाे अन्त्य गर्नुपर्ने बताए । सभाकाे अध्यक्षता शाखाका अध्यक्ष समुन्द्र अर्यालले गरेका थिए भने उपस्थिति सबैलाई उपाध्यक्ष दिपकचन्द्र भट्टराईले मन्तब्य मार्फत स्वागत गरेका थिए ।