अदालतको आदेश तीन बुँदे सहमति र शान्ति प्रक्रिया विरुद्ध भएको समाजवादी मोर्चाको ठहर

शुक्रबार, २९ मंसिर २०८०

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी सहित चार दलित समाजवादी मोर्चाले नेकपाका महासचिव विप्लव सहितका नेतामाथि काठमाडौं जिल्ला अदालतले गरेको पक्राउ पूर्जीको आदेश तीन बुँदे सहमति,शान्ति प्रक्रिया र अग्रगामी राजनीति निकास विरुद्ध भएको ठहर गरेको छ ।

नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा आज विहान बसेको समाजबादी मोर्चाको केन्द्रीय सचिवालयको बैठकले यस्तो ठहर गरेको हो ।

मोर्चाले अदालतको आदेश यथाघ्रिघ फिर्ता गरिनु पर्ने,नेकपाका नेतामाथि लगाईएका झुट्टा मुद्धा खारेज गरिनु पर्ने साझा सहमति गर्दै त्यसका लागि विशेष पहल गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

मोर्चाको बैठकले नेपालमा देशी, विदेशी दलाल तथा साम्राज्यवादी तत्वहरु सक्रिय भएको र नेपाललाई पुनः प्रतिगमन तिर लिन सकिन्छ कि भनेर गडबढी गरिहेको निश्कर्ष निकाल्दै त्यसका विरुद्ध समाजादी मोर्चा एकताबद्ध भएर जनताको साथमा प्रतिवाद गर्नुृपर्ने निर्णय गरेको छ ।

समाजबादी मोर्चाको बैठकले समाजवादी मोर्चाको आगामी विस्तृत योजना तथा कार्यक्रममहरु पौष पहिलो साता बस्ने बैठकबाट ठोश गर्ने सहमति भएको नेकपाका प्रवक्ता प्रकाण्ड सीले जानकारी दिएका छन ।नेपालमा पछिल्लो एनसेल काण्ड सार्वजनिक भएको विषयमा समाजबादी मोर्चाले गम्भीतापूृर्वक लिएको जनाएको छ । मोर्चाले एनसेन काण्डमा मुछिएका दोषीहरुवारे सत्य तथ्य सार्वजनिक गरी दोषी माथि कडा कार्वाही गर्न सरकारलाई आग्रह गरेको छ ।

मोर्चाले प्रतिगामी तत्वहरुले नेपालमा साम्राज्यवादी हस्तक्षेप बढाएर नेपालको राष्ट्रिय स्वाधीनता लगायतका विषयमाथि गम्भीर आक्रमण गर्ने प्रयास गरेको ठहर गरेको छ । मोर्चाले समग्रमा देशको जटिल राजनीतिक अवस्थालाई निकास दिन समाजबादी मोर्चाले नयाँ निकास दिने गरी आगामी बैठकवाट ठोश निर्णय गर्ने सहमति गरेको छ ।

मोर्चामा नेकपा,नेकपा माआवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र जनता समाजबादी पार्टी सहभागी छन ।

बैठकमा नेकपाका प्रवक्ता प्रकाण्ड सी,नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ,नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल,र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठको सहभागिता रहेको थियो ।